अवैध काठ सहित चैनपुरका ४ जना पक्राउ



संखुवासभा । अवैध काठ सहित संखुवासभा चैनपुर नगरपालिकाका ४ जना पक्राउ परेका छन् । शुक्रबार चैनपुर नगरपालिका वडा नं. ४ स्थित चापाभुई चैनपुरको भित्रि सडकखण्डमा ट्याक्टरबाट चैनपुर तर्फ सखुवाको अवैध चिरानी काठ ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा चैनपुर नगरपालिका वडा नं. ३ का वर्ष ४० का राजेन्द्र लिम्बु, चैनपुर नगरपालिकाकै वडा नं. ६ का वर्ष २२ का विनोद रोक्का, वडा नं. ६ कै, वर्ष २२ का मिलन कमर र सोही वडाका वर्ष १८ का सबिन रोक्का रहेको प्रहरीले जनाएको छ । उनीहरुले प्र. १—०२—००३ त १५३९ नं. को ट्याक्टर मार्फत ५४.१७ कि.वी काठ चैनपुर तर्फ ल्याउँदै गरेका गिए ।

प्रहरीले अवैध काठ बरामद गरि ट्याक्टर सहित पक्राउ परेका चारै जनालाई सव वन डिभिजन कार्यालय चैनपुरलाई आवश्यक अनुसन्धानका लागि बुझाएको छ ।

 

सम्बन्धित समाचार