खाँदबारी । सेन्चुरी कमर्सियल बैंक लि. शाखा कार्यालय खाँदबारीले माट्स नेपाल संखुवासभा द्वारा संचालित बाल कल्याण गृहका बाल बालिकाहरुलाई न्यानो ज्याकेट र सुत्ने खाट हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायीत्व बहन गर्दै दुई वटा खाट र न्यानो ज्याकेट हस्तान्तरण गरेको माट्स नेपाल संखुवासभाका सचिव सरोज श्रेष्ठले बताउनुभयो ।
सोमबार बाल कल्याण गृहको प्राङ्गणमा एक कार्यक्रमका बिच बैंकका शाखा प्रमुख श्री मनोज बनले बाल कल्याण गृहका बालबालिकालाई उक्त सहयोग सामाग्री हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख बनले बैंकले हरेक वर्ष आफ्नो नाफाको केही अंश यस्ता सामाजिक कार्यमा योगदान दिने गरेको र यहि सिलसिलामा बाल गृहका बालबालिकालाई यो सहयोग प्रदान गरेको बताउनुभयो।
सामग्री हस्तान्तरण पछि माट्स नेपालका सचिव तथा बाल कल्याण गृहका संयोजक श्री सरोज श्रेष्ठले सेन्चुरी कमर्शियल बैंक लि. शाखा खाँदबारीलाई सहयोगको लागि धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रम संस्थाका कार्यालय सचिब श्री सुजन अधिकारीले संचालन गर्नु भएको थियो ।
प्रतिक्रिया