खोटाङ । खोटाङको रावाबेसी गाउँपालिका–६ हौँचुरस्थित एक घरमा आगलागी हुँदा २३ लाख बराबरीको क्षति भएको छ।
सोमबार साँझ साढे ७ बजेको समयमा विद्युत सर्ट भई ज्ञानेन्द्र खड्काको ३ तले ढुंगामाटोले बनेको, जस्ताले छाएको घरमा आगो लागेको हो। घरसँगै नजिकै रहेको गोठ पनि जलेर नष्ट भएको छ।
आगलागीबाट ७ तोला सुन, ४ लाख नगद, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, मोबाइल, ल्यापटप लगायत अन्य सामग्री जलेर नष्ट हुँदा २३ लाख बराबरीको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
प्रहरी र स्थानीयको सहयोगमा राति १२ बजे आगो नियन्त्रणमा आएको थियो। एकान्तमा घर रहेको हुँदा स्थानीय र प्रहरी पुग्न समय लाग्दा धेरै क्षति भएको प्रहरीको भनाइ छ।
प्रतिक्रिया