मकालु वचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संखुवासभा उद्योग वाणिज्य संघको सभाहल खाँदबारीमा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिक वचत वापत स्व। गणेशप्रसाद घिमिरेको परिवारलाई नगद २० हजार सहयोग गरिएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष सीता शाक्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्य, संस्थाका लेखा परिक्षक राजीव श्रेष्ठ, जनमैत्री वचत तथा ऋण सहकारीका अध्यक्ष छत्रमणी पन्त, नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरी, सूर्या लाइफ इन्स्योरेन्स् खाँदबारी शाखाका प्रवन्धक रमेश भट्टराई लगायत संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया