संखुवासभा । हेलिकप्टरबाट संखुवासभाको खाँदबारी–४ पांमा देखि विभन्न धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको दर्शन गर्न सकिने भएको छ । किराँतीहरुको महान चाड उधौली पर्व धान्यपुर्णिमा तथा पांमा कप फुटवल प्रतियोगिताको अवसरमा लोहोरुङ क्लबको आयोजनामा पौष १ गते देखि ५ गते सम्म आन्तरिक तथा वाहिय पर्यटकहरुलाई लक्षित गरी तिर्थ यात्रा गराउन लागिएको प्रायोजन सदस्य कृष्ण भगत प्रधानले जानकारी गराए ।
पर्यटन प्रर्वद्धनलाई थप टेवा पुर्याउने उद्देश्यले हेलिकोप्टरबाट धार्मिक तथा पर्यटकीय स्थलहरुको भ्रमण प्याकेज ल्याएको प्रधानले बताए । सभापोखरी धाम, शिवधारा धाम, पाथिभरा धाम, मकालु वेश क्याम्पको दर्शन गराउने आयोजकले बताएको छ । सभापोखरी धाम दर्शन गर्नेहरुका लागि प्रति व्यक्ति १४ हजार रुपैयाँ, शिवधारा धामका लागि प्रति व्यक्ति २५ हजार रुपैयाँ, पाथिभरा धामका लागि २४ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको प्रायोजक प्रधानले अरुण सन्देशलाई जानकारी दिए ।
त्यसैगरी मकालु वेश क्याम्पका लागि प्रति व्यक्ति ४६ हजार रुपैयाँ र खाँदबारी आसपासका लागि प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क रहेको छ । लोहोरुङ क्लबको अयोजनामा खाँदबारीका व्यापरीहरुको समुहको प्रायोजन तथा व्यवस्थापनमा हेलिकप्टरबाट धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको दर्शन गराउने तयारी गरिएको छ । हेलिकप्टर प्रायोजन समुहले फुटवल प्रतियोगिताको दोस्रो पुरस्कारको सौजन्य गरेको छ । पाँचौ पांमा कप खुल्ला पुरुष फुटबल प्रतियोगिता पौष १ गते देखि ५ गते सम्म भगिवन्त रंगशालामा सञ्चालन हुन लागि रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख १५ हजार रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरी द्धितिय र तृतियले क्रमश ५० हजार र १५ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा २० टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया