संस्कृति जोगाउन संखुवासभामा रोधी सांस्कृतिक कार्यक्रम हुने



संखुवासभा । संखुवासभामा संस्कृति जोगाउनका लागि बृहत रोधी सांस्कृतिक कार्यक्रम हुने भएको छ । संखुवासभा रोधी समाज तथा तमु (गुरुङ) कलाकार संघ संखुवासभाको संयुक्त आयोजनामा कार्यक्रम हुने आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । पौष ३ गते मानेभञ्ज्याङमा कार्यक्रम सञ्चालन हुनेछ ।

नेपाली लोक संगीतका चर्चित गायक खेमराज गुरुङको जन्म जिल्लामा अग्रज कलाकारहरुको सम्मान र सम्बद्र्धनका लागि संखुवासभा रोधी समाज स्थापना भएकोले अब यहाँको संस्कृति संरक्षणका लागि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

रोधीको प्रचारप्रसार गरी पर्यटनको विकास गर्ने, संस्कार संस्कृतिको विकास गरी स्थानीय तथा बाह्य कलाकारको क्षमतामा विकास गर्ने, र स्थानीय रोधीका कलाकार तथा पश्चिमबाट आउने कलाकारहरुबिच सांगितिक सम्बन्ध स्थापित गर्ने आयोजकले उदेश्य राखेको छ । कार्यक्रममा पश्चिमबाट राष्ट्रिय स्तरको ख्याती प्राप्त १५ जना रोधी कलाकारहरु र स्थानीय कलाकारहरुले प्रस्तुति राख्ने अध्यक्ष माया गुरुङले इमकालु अनलाइनलाई बताए ।

सम्बन्धित समाचार