खाँदबारी । जिल्लाको तेजरत्न आँखा तथा कान उपचार केन्द्रले ६६ जना आँखाका विरामीहरुको निशुल्क शल्यकृया गरिदिएका छन् । ईटहरी आँखा अस्पताल ईटहरीको प्राविधिक सहयोगमा मोतिया विन्दुका विरामीहरुको निशुल्क शल्यकृया गरिएको हो ।
मङ्सिर २७ र २८ गते सञ्चालन गरिएको शिविरमा डा. अंकिता शर्मा नेतृत्वको टोलीले शल्यकृया गराएका हुन् । शिविरमा भोजपुर र सङ्खुवासभाका गरि तीन सय जनाले आँखा परिक्षण गराएका थिए । यसरी आँखा परिक्षण गर्नेहरु मध्ये मोतियाविन्दुको समस्या भएकाहरुको निशुल्क शल्यकृया गरिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका प्रमुख छितिज बरालले जानकारी दिनुभयो । आँखा परिक्षण गर्नेहरु मध्ये एक सय ९२ जनालाई निशुल्क चस्मा वितरण गरिएको समेत प्रमुख बरालले जानकारी दिनुभयो । शिविर सञ्चालनका लागि सेवा फाउण्डेशनले आर्थिक सहयोग गरेको थियो ।
उपचार केन्द्रले मोतियाविन्दुका विरामीहरुको खोजी गर्दै निशुल्क सल्यकृया सेवा दिदै आएको छ । केन्द्रले जिल्लाका स्थानीय तहहरुसँग समन्वय गरेर पालिका स्तरमा समेत सेवा दिदै आएको छ । गाउँ गाउँमा पुगेर ‘स्कृनिङ’ गरि मोतियाविन्दु पत्ता लागेकाहरुको सदरमुकाम खाँदबारीमा ल्याएर शल्यकृया गर्दै आएको हो । उपचार केन्द्र खाँदबारीमा नै आएकाहरुको समेत १५ जना भन्दा बढी मोतियाविन्दुको बिरामीको संख्या पुगेपछि चिकित्सकको टोली बोलाएर शल्यकृया गरिदिने गरेको बरालको भनाई छ । यस्तो सेवाबाट जिल्ला बाहिर गएर उपचार गराउने बाध्यता हटेको छ ।
प्रतिक्रिया