संखुवासभामा आव २०७७/०७८ मा सवारीसाधन कारबाहीबाट २३ लाख बढी राजश्व संकलन



संखुवासभा । संखुवासभामा आर्थिक वर्ष २०७७/०७८ मा सवारीसाधन कारबाहीबाट २३ लाख बढी राजश्व संकलन संकलन भएको छ । विभिन्न समयमा गरिएको सवारीसाधन चेकजाँचका क्रममा परेका कारबाहीबाट २३ लाख ७९ हजार ५ सय राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

उक्त अबधीमा ३ हजार ४ सय ९९ वटा सवारी साधन कारबाहीमा परेका हुन् । ट्राफिक नियम विपरित चलेका सवारीसाधन कारबाहीमा परेको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७६/०७७ मा १७ लाख ९७ हजार ५ सय राजश्व संकलन भएको थियो । उक्त वर्ष २ हजार ८ सय २१ सवारीसाधन कारबाहीमा परेको ट्राफिक प्रहरी मदन भण्डारीले बताए ।

सम्बन्धित समाचार