विहेको दक्षिणाले मनकामनाका वृद्धावृद्धालाई न्यानो कपडा



भोजपुर । मानिसहरुले पश्चिमि संस्कार अनुसार विभिन्न प्रकारका पार्टी दिएर खर्चिलो विहे गर्ने चलन चलेको छ । तर भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नं ८ का गणेश तामाङले आफ्नो विहेमा टिका लगाउँदा उठेको दक्षिणले वृद्धावृद्धालाई न्यानो कपडा वितरण गरेका छन् । नब जोडी गणेश तामाङ र संगिता तामाङले करिब ४० हजार बराबरको जिन्सि वितरण गरेका छन् ।

विहेमा बेहुला बेहुलीले हजारौं खर्च गरेर कपडा लगाउँदा पनि केहि कपडा नमिल्दा चित्त बुज्दैन तर वृद्धा आश्राममा बस्ने वृद्धावृद्धाहरुलाई जाडोको समयमा न्यानो कपडा नहुँदाको पिडा सम्झेर थोरै भएपनि सहयोग गर्र्ने उदेश्यले न्यानो कपाडा वितरण गरेको गणेश तामाङले बताए ।

नवजोडीले मनकामना वृद्धा आश्रममा बस्ने ३७ जनालाई न्यानो कपडा, एक बट्टा हरलेक्स र कपडा धुने सावुन दिएका छन् । तामाङ जोडीको विहे मंसिर २६ गतेको दिन दिवा लग्नमा भएको थियो ।

बेहुलाको घर षडानन्द नगरपालिका वडा नं. ८ तुङ्गेछा कमेरेपानीमा हो भने बेहुलीको माईती षडानन्द नगरपालिका वडा नं. ९ किमालुङ भैंसेमा पर्छ । बेहुला बेहुली दुबै कोरिया गएका थिए हाल बेहुला कोरियाबाट बिहेको लागि छुट्टीमा आएका हुन भने बेहिली २ बर्ष अगाडी नै नेपाल फर्किसकेका हुन् ।

सम्बन्धित समाचार