खाँदबारी । लोहोरुङ क्लव पांमाको आयोजनामा आजबाट खुल्ला फुटबल प्रतियोगीता सुरु भएको छ । खाँदबारी ४ स्थित भगिवन्त रंगशालामा पाँचौ पांमा कप खुल्ला फुटबल प्रतियोगीता सुरु भएको हो ।
प्रतियोगितालाई खाँदबारी नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडाले पाँच वटा बत्ति बालेर उद्घाटन गरेका छन् । प्रतियोगितामा जनप्रतिनिधीहरु, कर्मचारी, राजनितिक दलका प्रतिनिधीहरु लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगीतामा संखुवासभा र बाहिर जिल्लाका गरि २० टिमको सहभागीता रहेको छ । आज भएको उद्घाटन खेलमा कर्मशिल युथ क्लव खाँदबारीलाई सित्तलपाटी फुटबल क्लवले २–१ गोल अन्तरले हराएको छ ।
किराँती पर्व उद्यौलीको अवसरमा आयोजित खेलकुद प्रतियोगीताको अवसरमा हेलिकप्टरबाट भ्रमण गर्ने सेवा पनि दिईएको छ । विभिन्न प्याकेज बनाएर मकालु बेस क्याम्प, शिवधारा, सभापोरी, पाथीभरा लगायतका धार्मिक क्षेत्रहरुको भ्रमणको ब्यवस्था गरिएको छ । ईच्छुकहरुले ठाउँ अनुसार तोकिएको रकम तिरेर हवाई यात्रा गर्न सक्नेछन् ।
फुटबल उद्घाटन कार्यक्रमका केहि तस्विरहरु यहाँ प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया