इटहरीका यौन धन्दा सञ्चालक र संखुवासभाका ग्राहक रंगेहात पक्राउ



ईटहरी । इटहरीमा यौन धन्दा चलाउने र ग्राहक गरी २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ९ मा रहेको रिभरसाइड होटल एण्ड लजका म्यानेजर इटहरी ४ का ३६ वर्षीय गौतम लेप्चा र ग्राहक सङ्खुवासभा जिल्ला मकालु गाउँपालिकाका २० वर्षीय मिनराज पराजुली रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयका अनुसार मंगलबार होटलमा यौनजन्य गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । प्रहरीले छापा मार्ने क्रममा होटल भित्र यौनजन्य गतिविधि भइरहेको भेटेपछि उनीलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार उनिसँगै रहेका महिलालाई उद्धार गरी छाडिएको छ भने पक्राउ परेका पराजुली र लोप्चालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

डिएसपी केसीले भने ‘हामीलाई आएको सूचनाको आधारमा छापा मार्दा उनीहरूलाई रंगेहात फेला पार्‍यौ । होटल भन्दा पनि खाजा घर जस्तो रहेछ । लोप्चाले युवती र ग्राहक खोजेर ल्याउने रहेछन् ।’

सम्बन्धित समाचार