कुलुङ संघ संखुवासभाको अधिवेशन सम्पन्न, प्रकाश कुलुङको नेतृत्वमा नयाँ समिति गठन



खाँदबारी । कुलुङ जातीको साझा संस्था नेपाल किराँत कुलुङ भाषा सँस्कृति उत्थान संघ संखुवासभाको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । संघको पुर्व केन्द्रीय सचिव दिपेन्द्र थोरेप्पाको प्रमुख आतिथ्यता तथा संघका जिल्ला अध्यक्ष लाकपत कुलुङको अध्यक्षतामा अधिवेसन सम्पन्न भएको हो ।

अधिवेशनले प्रकाश कुलुङको अध्यक्षतामा नयाँ जिल्ला समन्वय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा नरेन्द्र कुलुुङ र धनकुमारी कुलुुङ (चण्डिका) चयन गरेको छ । समितिको सचिवमा ध्यान कुलुुङ चयन गरिएको छ भने सहसचिवमा डा. लाखकुमार कुलुुङ चयन गरिएको छ । कोषाध्यक्षमा भने मनकुमारी कुलुुङ सर्वसम्मत चयन गरिएको छ ।

समितिको सदस्यहरुमा उत्तरमान होनित्ती, भुपेन्द्र वालाखाम्, संयोग कुलुङ, उदिप कुलुङ, पूर्णराम कुलुङ, केशरमान कुलुङ, राजेश कुलुङ, तुलसी कुलुङ, विशाल कुलुङ, संकला कुलुङ, पञ्चकुमार कुलुङ, मुना कुलुङ, सुरेन्द्र कुलुङ, र अर्जुन कुलुङ चयन भएका छन् । समितिको कार्यकाल ३ बर्षको हुनेछ ।

सम्बन्धित समाचार