सिरहा । धनगढिमाई नगरपालिका १४ मरान बस्ने ४० वर्षीय टेक बहादुर बिकको उनकै श्रीमतीको कुटपिटबाट बिहीबार राति मृत्यु भएको छ ।
आपसी बादबिबाद तथा झगडामा उनकै श्रीमती ३५ वर्षीया हर्क माया बिकले दाउराको चिरपटले टाउकोमा प्रहार गरि टेकबहादुर गम्भीर घाइते भएका थिए । घाईते टेक बहादुरको उपचारको लागि आरके मेडिसिटि अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उनको शव धनगढिमाई नगरपालिका १३ भुल्लेस्थित टेक बहादुरकै भाइ बुद्ध बहादुर बिकको घरमा राखिएको अवस्थामा प्रहरीलाई खबर गरिएको थियो ।
ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले हर्क मायालाई पक्राउ गरेको हो ।


प्रतिक्रिया