संखुवासभा । नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा संखुवासभाबाट तारामान गुरुङ विजयी भएका छन् । बिहिबार सम्पन्न मत परिणाम अनुसार गुरुङले १ हजार ८ सय ४८ मत प्राप्त गर्दै आदिबासी जनजाती कोटा मार्फत उनी केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।
पुर्व स्वास्थ्य राज्यमन्त्री समेत बनेका गुरुङ संखुवासभाबाट स्व. गोपालराज पहाडी पछी दोस्रो केन्द्रिय सदस्य बन्न सफल भएका हुन् भने जिल्लाबाट निर्वाचित पहिलो केन्द्रिय सदस्य हुन् ।
संखुवासभा कांग्रेस पार्टी सभापति समेत भइसकेका गुरुङ राजनितिक बृत्तमा स्वच्छ छवि भएका नेताका रुपमा चिनिन्छन् ।
प्रतिक्रिया