खाँदबारी । जिल्लामा लामो समयदेखि आँखा र कानको उपचार सम्बन्धि सेवा दिदै आएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रले खाँदबारी नगरपालिकाका शिक्षकहरुलाई आँखा सम्बन्धी जनचेतना मुलक तालिम दिएको छ । केन्द्रको आयोजनामा खाँदबारी नगरपालिका भित्रका १७ विद्यालयका १९ जना शिक्षकहरुलाई आँखा सम्बन्धी जनचेतना मुलक तालिम दिएको हो ।
शिक्षकहरुलाई विद्यार्थीहरुको आँखामा आउने सम्भावित समस्याहरुको बारेमा जानकारी गराईएको थियो । विद्यार्थीहरुको दृष्टि दोषलाई समयमा नै पत्तालगाई समाधान गर्नका लागि तालिमको अयोजना गरिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका प्रमुख छितिज बरालले जानकारी दिए ।
यसै विच, तेजरत्न आँखा तथा कान उपचार केन्द्रका प्रमुख तथा जीवन विज्ञान योग प्रशिक्षक छितिज बरालले जिल्ला आयुर्वेद अस्पताल मातहतका कर्मचारीहरुलाई योग शिक्षा दिएका छन् । आयुर्वेद अस्पतालको सभाहलमा १५ जना कर्मचारीहरुलाई योग सम्बन्धी प्रशिक्षण दिएका हुन् ।
प्रतिक्रिया