कुलुङ संघ सोलुखुम्बुको अधिवेशन सम्पन्न, केडि कुलुङको अध्यक्षतामा नयाँ समिति गठन



सोलुखुम्बु । नेपाल किरात कुलुङ भाषा सँस्कृति उत्थान संघ सोलुखुम्बुको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेसनले खरिधन (केडि) रेम्निसिङ कुलुङको अध्यक्षतामा १३ सदसीय जिल्ला समन्वय समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा छवीमाया कुलुुङ र अल्पना कुलुङ चयन भएका छन् । सचिवमा अम्बिरकाजी कुलुुङ चयन गरिएको छ भने सह सचिवमा शुभ धनी कुलुङ चयन गरिएको छ ।

समितिको कोषाध्यक्षमा कल्पना कुलुुङ सर्वसम्मत चयन गरिएको छ । सदस्यहरुमा सन्देश कुलुङ, मुगाधन कुलुङ आकाश , मिङ्मा कुलुङ, शिशिर कुलुङ, जित बहादुर कुलुङ, धनलाख कुलुङ र राजकुविर कुलुङ चयन भएका छन् । समितिको कार्यकाल ३ बर्षको हुनेछ ।

अधिवेशनले यहि पौष १५ गते सुनसरीमा हुने कुलु गुस्खमको केन्द्रिय महाधिवेसनका लागि प्रतिनिधि पनि छनोट गरेको छ । संघले छवि माया कुलुङ, मछिन्द्र कुलुङ र समीप कुलुङ प्रतिनिधिमा छनोट गरेको हो ।

महाकुलुङ गाउँपालिकाको बुङमा आयोजित अधिवेसनमा महाकुलुङ गाउँपालिका उपाध्यक्ष बिपना कुलुङको प्रमुख आतिथ्यता रहेको थियो । अधिवेसन कुलु गुस्खम् सोलुखुम्बुका अध्यक्ष हरि पवन कुलुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

सम्बन्धित समाचार