श्री एयरलाइन्सले काठमान्डौ-तुम्लिङटार उडान भर्ने



संखुवासभा । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सको तेस्रो टर्बोप्रोप आइपुगेको छ। कम्पनीले शनिबार राति क्यु ४०० सिरिजको बम्बार्डियर जहाज नेपाल भित्र्याएको प्रवक्ता अनिल मानन्धरले बताए।

जहाज संख्या विस्तारसँगै हामी नियमित उडानका लागि तीनवटा गन्तव्यमा थप्ने योजनामा छौं। जहाजमा आवश्यक डेनपेन्ट भइसकेको छ, उनल भने, हामी जहाज संख्या विस्तारसँगै सुर्खेत, भरतपुर र तुम्लिङटारमा छिटै नियमित उडान सुरु गर्दैछौं।

तत्काल तीन वटा टर्बोप्रोप ल्याउने योजना बनाएको कम्पनीले थप एउटा जहाज आउँदो जनावरीभित्रै ल्याउन लागेको उनले बताए। चार महिना अगाडि जहाज थपका लागि कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएको थियो। हामीले थप पाँच टर्बोप्रोप जहाज बिस्तार गर्न आवेदन दिएका थियौं। सुरुमा तीन र पछि अवस्था हेरेर थप दुई जहाज थप्न सुझाव आएको छ, प्रवक्ता मानन्धरले बिजमाण्डूसँग भने।

कम्पनीले हाल दुई जेट इन्जिनयुक्त सीआरजे २००, दुई सीआरजे ७०० र दुई प्रोपेलर इन्जिनयुक्त क्यु ४०० सिरिजका जहाजमार्फत मुलुकका आन्तरिक गन्तव्यहरुमा नियमित उडान गर्दै आएको छ।

तीनवटा थपिएसँगै कम्पनीको जहाज संख्या नौवटा हुनेछ।

सम्बन्धित समाचार