काठ्माण्डौ । नेपाली कांग्रेस संखुवासभा काठ्माण्डौ सम्पर्क समितिले नव निर्वाचित केन्द्रीय सदस्य तथा पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङलाई बधाई कार्यक्रम आयोजना गरिने भएको छ । पौष १३ गते काठ्माण्डौका लैनचौर बैंक्वेटमा बधाई ज्ञापन तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त दिन गुरुङले मतदाता तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम समेत रहेको गुरुङको सचिवालयले जनाएको छ । कार्यक्रम विहान ८ बजेबाट सुरु हुने बताईएको छ । कार्यक्रममा उपत्यकामा रहेका सवै संखुवासभावासी र शुभचिन्तकहरुलाई उपस्थितीको लागि अनुरोध गरिएको छ ।
प्रतिक्रिया