सेकाहामा ल्होसारको अवसरमा टोल सरसफाई



संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहा स्थित भाङखर्क टोल सामुदायिक विकास संस्थाले तमु ल्होसारको अवसरमा टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार भाङखर्क टोल विकास संस्थाका अध्यक्ष नन्दबहादुर गुरुङ, सचिव चन्द्रबहादुर गुरुङ, कोषाध्यक्ष बालकुमार विश्वकर्मा र खाँदबारी–४ का वडासदस्य जीतबहादुर गुरुङको अगुवाईमा तमु ९गुरुङ०हरुको महानपर्व तमु ल्होसार पुस १५को अवसरमा टोल सरसफाई कार्यक्रम संचालन गरिएको हो । भाङखर्क टोलको माझगाउँ देखि भाङखर्क सम्म र भ्याङखोला देखि हरेलोडाँडा सम्म टोलभित्रको मोटरबाटो र गोरेटो बाटो सरसफाई, खाल्डाखुल्डी पर्ने काम गरिएको अध्यक्ष नन्दबहादुर गुरुङले बताए ।

उक्त टोल सरसफाई कार्यक्रममा टोलभित्रका ६५ जना उपभोक्ताहरु सहभागी रहेका थिए । टोलभित्रका उपभोक्ताहरुले टोल सरसफाई गरेको अवस्थामा विश्वभर फैलिएको कोरोना भाइरस लगायत विभिन्न रोगब्याधीहरुबाट मुक्त हुनका लागि समेत सरसफाई गर्ने उद्धेश्य बोकेर कार्यक्रम संचालन गरिएको हो ।

तमु ९गुरुङ०हरुको महानपर्व तुम ल्होसार हरेक बर्षको पुस १५ गते मनाउने गरिन्छ । तमु ल्होसार तमु समयमा धेरै महत्वका साथ हेर्ने गरिन्छ । तमु ल्होसारको अवसरमा देशका विभिन्न जिल्लाहरुको साथै संखुवासभाको तमु बाहल्यता रहेको गाउँबस्तीहरुमा धुमधामका ल्होसार पर्व मनाउने गरिन्छ ।

सम्बन्धित समाचार