आदिबासी जनजाति पत्रकार महासंघ संखुवासभा अध्यक्षमा पुन नविन गुरुङ



नेपाल आदिबासी जनजाति महासंघ संखुवासभाको अध्यक्षमा पुन नविन गुरुङ निर्वाचित भएका छन् । मंगलबार खाँदबारीमा सम्पन्न चौथो अधिवेशनबाट गुरुङ निर्वाचित भएका भएका हुन् । समितिको उपाध्यक्षमा मेघराज तामाङ, सचिवमा ध्यान कुलुङ, सहसचिवमा दृष्य दिव्य राई र कोषाध्यक्षमा रोषन दीप राई चयन भएका छन् ।

गुरुङको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो । अधिवेशनमा नेपाल आदिबासी जनजाति महासंघ संखुवासभाका अध्यक्ष विपिन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा महासंघका सचिव युवराज याम्फु, प्रेश युनियनका अध्यक्ष कृष्णराज शाक्य, प्रेश चौतारी नेपालका अध्यक्ष विनोद गुरुङ, प्रेश सेन्टर नेपालका भविन कार्की लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार