पौष १५ देखि कुलुङ संघको महाधिवेशन धरानमा



खाँदबारी । नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ केन्द्रीय कार्य समितिको महाधिवेसन पौष १५ गतेदेखि सुरु हुने भएको छ । संघको महाधिवेसन केन्द्रीय कार्यालय देवीगाउँ धरानमा हुने भएको हो ।

महाधिवेसनको खुल्ला सत्र पौष १५ गते तय गरिएको छ भने १६ गते बन्द सत्रको कार्यक्रम राखिएको कुलुङ संघले जनाएको छ । अधिवेसनले नयाँ केन्द्रीय कार्य समिति चयन गर्ने छ । महाधिवेसनमा देशभरका १६ जिल्लाबाट प्रतिनिधीहरु आउनेछन् । केहि जिल्लाका प्रतिनिधीहरु १४ गते नै आईसकेका छन् भने केहि प्रतिनिधीहरु १५ गते विहान आउने कुलुङ संघका केन्द्रीय अध्यक्ष चन्द्रसिं कुलुङले जानकारी दिए । अधिवेसनको उद्घाटन सत्र विहान ११ बजेबाट सुरु हुनेछ ।

अधिवेसनमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ प्रमुख अतिथी रहनेछन् । अन्य अतिथिहरुमा पुर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री रकम चेम्जोङ, धरान उपमहानगर पालिकाका प्रमुख तिलक राई लगायतका जनप्रतिनिधीहरुको उपस्थिती रहने छ ।

सम्बन्धित समाचार