संखुवासभा । अरुण बरुण बहुउद्धेश्य सहकारी संस्थाको बार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रम बिच संखुवासभा उद्योग वाणिज्य संघको हलमा कार्यक्रम सम्पन्न भएको हो ।
बहुउद्धेश्य सहकारी संस्थाका प्रदेश नं। १ का अध्यक्ष सनिपकुमार भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथी भुजेलले सहकारी भनेको सबैको सामुहिक लगानी गर्ने ठाउँ र सोही काम गर्न सक्दा फाइदा लिन सकिने समेत बताए । उनले सहकारीलाई नकारात्मक ढंगले बुझन आग्रह गरे ।
उक्त बार्षिक साधारणसभामा हालसम्म आयब्याय समेत प्रस्तुत गरिएको थियो । उक्त साधारणसभाले शेयर सदस्यहरुलाई १० प्रतिशत बोनस बाँड्ने समेत निर्णय गरिएको अरुण बरुण सहकारीका ईश्वरकाजी कटुवालले बताए ।
सदरमुकाम खाँदबारीमा स्थानीय युवाहरुद्धारा संचालित उक्त सहकारीले बहुउद्धेश्यीय ढंगले धेरै राम्रा–राम्रा काम गरिरहेको छ । उक्त बार्षिक साधारणसभा कार्यक्रममा सहकारी संस्थाका जिल्ला अध्यक्ष युवराज शाक्य, संखुवासभा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णभगत प्रधान, ब्यापारीहरु डेगराज बस्नेत र हिमाल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया