संखुवासभामै सिवियर निमोनिया विरामीको भेन्टिलेटरमा राखेर सफल उपचार



संखुवासभा । जिल्ला अस्पताल खाँदबारी सिवियर निमोनिया विरामीको १८ दिन भेन्टिलेटरमा राखेर सफल उपचार गरिएको छ । भोजपुर तुङ्गेछाकी सिवियर निमोनिया भएकी अर्पना जोगीलाई जिल्ला अस्पतालको भेन्टिलेटरमा राखेर सफल उपचार गरीएको बालरोग विशेषज्ञ दिपेन्द्र राईले बताए ।
अर्पनाको विद्यालयबाट घर फर्कदै गर्दा कोखा हान्न थाल्यो । आतिएका अभिभावकले स्थानीय स्वास्थ चौकीमा कार्यरत स्वाथ्यकर्मीको सल्लाह अनुसार खाँदबारी अस्पताल लिएर आए । उनलाई पनि सिवियर निमोनियाको लक्षण देखियो । बाल रोग विशेषज्ञ राईले भने–उनलाई १८ दिन सम्म भेन्टीलेटरमा राखेर उपचार गरी ३० दिनको अस्पताल बसाई पछि आज घर फर्काइएको हो ।

कार्तिक तेस्रो हप्ता चिचिला गाउँपालिकाकी सरस्वती राईलाई खेल्दा खैल्दै श्वास फेर्न गाह्रो हुन थाल्यो अनि अभिभावकले खाँदबारी हस्पिटल लिएर आए । आकस्मिक कक्षमा भर्ना गर्ने वित्तिकै आईपुगे बाल रोग विशेषज्ञ दिपेन्द्र राई । केहि समयको चेकजाँच पछि थाहा भयो उनलाई सिवियर निमोनिया भएको रहेछ । त्यस पछि राईले उनलाई तत्काल बेड भर्ना गरेर सघन उपचार कक्षमा राखि उपचार गर्न थाले ।

विशेषज्ञ राईका अनुसार सिवियर निमोनिया भएपछि बच्चाहरुलाई श्वासप्रश्वासमा समस्या हुने बताउछन् । यस्तै कोखा हान्ने गर्यो भने पनि सिवियर निमोनिया भएको हुन सक्छ । अनि बच्चाहरु सुस्त हुन थाल्नु पनि यसको लक्षण हो भने अक्सिजनको कमि हुनाले बच्चाको शरिर निलो देखिन थाल्छ ।
सिवियर निमोनिया लागेको थाहा हुनासाथ बच्चालाई अस्पताल लगेर विशेषज्ञलाई देखाउनु पर्ने राईको भनाई छ । अस्पताल ढिला आएमा सिवियर निमोनियाको कारण हातखुट्टामा कम्पन आउने, मुटुको गति कम हुने, पिसाव कम आउने र अन्त्यमा विरामीको मृत्यु समेत हुन सक्ने विशेषज्ञ राईले बताए ।

सरस्वती र अर्पनाका अभिभावकको आर्थिक अवस्था कमजोर रहेको हुनाले उनीहरुलाई खाँदबारी अस्पतालमा उपचार हुँदैन कि भनेर चिन्ता थियो तर खाँदबारी अस्पतालले पछिल्लो समयमा सुरु गरेको सघन उपचार कक्ष र विशेषक्ष सेवाले यही उपचार सम्भव तुल्यायो भने उनीहरुलाई अस्पतालले निशुल्क उपचार गरेको छ । खाँदबारी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यका अनुसार सामाजिक इकाई सेवाबाट आर्थिक अवस्था कमजोर भएकाहरुको लागि सहयोग गर्ने भएको हुनाले उनीहरुलाई अस्पतालले छुट दिएको बताए ।

सम्बन्धित समाचार