संखुवासभा । प्रदेश सरकारले सञ्चालन गरेको योजना समयमै सम्पन्न गरिने प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले बताए । बुधबार चैनपुर नगरपालिका र पाँचखपन जोड्ने नव निर्मित हेवा खोलामा मोटरेवल पुल उद्घाटन गर्दै भौतिक मन्त्री कार्कीले प्रदेश सरकारले सञ्चालन गरेको योजनाहरु समयमै सम्पन्न गर्ने बताए।
प्रदेश सरकारका हरेक आयोजना समयमै सम्पन्न गर्न आफुहरु प्रतिवद्ध भएको मन्त्री कार्कीले बताए । प्रदेश सरकारले सडक पुल निर्माण पहिलो प्राथमिकतामा राखेको बताए । उनी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयले निमार्ण गरेको मोटरेवल पुल उद्घाटन गर्न सङ्खुवासभा आएका हुन् । प्रदेश सरकारले ठेक्का लगाएको पुल समय अवधि भित्रै सम्पन्न हुनु गर्वको कुरा भएको भौतिक मन्त्री कार्कीले बताए । पुल निमार्ण सम्पन्न भएपछि पाँचखपन र सभापोखरीका २० हजार बढी स्थानीय लाभान्वित भएका छन् ।
संघीय सरकारले ६ बर्ष अघि हेवा खोलामा ठेक्का लगाएको पुल अहिले पनि निमार्ण नभएको अवस्थामा प्रदेश सरकारले ठेक्का लगाएको पुल समय अवधि भित्रै सकिए पछि पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिका राष्ट्रिय राजमार्गसँग जोडिएको छ । संघीय सरकारका पाँच मन्त्रालयले गर्ने काम प्रदेश सरकारको एउटै मन्त्रालयले काम गरिरहेको कार्कीले बताए । निर्माण भएको पुलको उद्धघाटन गद उनले स्थानीय निकाय र जनताको सक्रियतामा विकास कार्यलाई तीव्रता दिनसके काम सफल हुने बताए ।
प्रदेश सरकारको चार करोड ९८ लाख रुपैयाँ लागतमा मोटरेवल पुल निमार्ण भएको भौतिक पूर्वाधार कार्यालय सङ्खुवासभाका प्रमुख शैलेन्द्र कुमार सिंहले जानकारी दिए । ३० मिटर लम्बाइ र ८ दशमलव २ मिटर चौडाइको पुल निर्माण भएको हो । २०७६ असार ३१ मा कुन्सालिङ्ग अरुण बरुण जेभी कम्पनीले पुल निमार्ण गरेको हो ।
कार्यक्रममा प्रदेश १ का सामाजिक विकास शाखाका संयोजक सरिता खड्का, प्रदेश सांसदहरु पूर्ण प्रसाद राई, पदम कुमारी गुरुङ, जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, पाँचखपन नगर प्रमुख विपिन राई लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया