सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ लुङसुङमा कटेरोमा आगो लाग्दा जलेर एक जनाको ज्यान गएको छ ।
आगलागीमा परि २३ वर्षीय पङ्खामान राईको ज्यान गएको हो ।
चार जना साथीसँग काठ चिर्न जङ्गल जानुभएका पङ्खामान बसेको कटेरोमा आगलागी हुँदा उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० लालध्वज सुवेदीले बताउनु भयो ।
पङ्खामानलाई एक्लै छोडेर चार जना साथी खाद्यान्न लिन गाउँतर्फ गएको बेला कटेरोमा आगलागी भएको सुवेदीले बताउनु भयो ।
साथीहरु फर्किएर कटेरोमा पुग्दा पङ्खामान जलेर ज्यान गइसकेको अवस्था भेटिएको प्रारम्भिक जानकारी आएको सुवेदीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।
प्रतिक्रिया