संखुवासभा । सखुवासभाको चैनपुर नगरपालिकाले नगरभित्रका कृषकलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको छ । चैनपुर नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिका परिवारलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको हो । मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका अपाङ्गता भएका ब्यक्तिका ३३ परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण नगरप्रमुख भरतकुमार खत्रीले बताए ।
अपाङ्गता भएका ब्यक्तिका परिवारलाई सात दिने मौरीपालन सम्बन्धी तालिम सहित मंगलबार मौरी सहितको घार वितरण गरिएको नगरप्रमुख खत्रीले बताए । घार सहितको मौरी वितरण गर्र्दै नगरप्रमुख खत्रीले सहभागीहरुलाई ब्यवसायीक बन्न आग्रह गर्दै नयाँ ब्यवसायीहरुलाई थप सहयोग समेत गर्ने धारणा राखे ।
११ वटै वडाबाट छनौट भएका ३३ अपाङ्गताका परिवारलाई घार सहितको मौरी वितरण गरिएको उनले बताए । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत चैनपुर नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको लागत साझेदारीमा पुष १४ देखि २० गतेसम्म मौरीपालन सम्बन्धी तालिम गरिएको कार्यक्रमका फोकल पर्सन सुर्य किरण भण्डारीले जानकारी दिए ।
चालु आर्थिक वर्षको कार्यक्रम अनुसार मौरीपालक कृषक छनोट गरिएको भण्डारीले बताए । मौरी वितरण कार्यक्रममा नगर उपप्रमुख मुना श्रेष्ठ र घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख प्रेम चन्द्र राईको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया