नेकपा एस निकट अनेरास्ववियू प्रदेश १ मा ५१ सदस्यिय कमिटि गठन



इटहरी । नेपाल कम्युनिष्ट पार्टी समाजवादी निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूको प्रदेश एक कमिटिले सोमबार पूर्णता पाएको छ । आइतबारबाट सुनसरीको इटहरीमा भएको अनेरास्वविूुको प्रदेश एक स्तरिय प्रथम अधिवेशनको दोस्रो दिन सोमबार राजु थाम्सुहाङ्गको नेतृत्वमा ५१ जनाको पूर्ण कमिटि घोषणा भएको हो ।

विद्यार्थीको तहबाट पार्टीलाई चलायमान बनाउने संगठनको वरिष्ठ उपाध्यक्षमा प्रताप तामाङ्ग चयन भएका छन् भने उपाध्यक्षमा सन्तोष लिम्बु, मान बहादुर गुरुङ्ग, हेमराज निरौला र भुषण पोमु रहेका छन् भने प्रदेश कमिटिको सचिवमा सुमन दाहाल चयन भएका छन् ।

त्यसैगरी अधिवेशनले ५ जनालाई सह सचिवमा चयन गरेको छ । सहसचिवमा चयन हुनेमा देवराज पुरी , सीता खड्का, सुरेश गुप्ता, अशोता राई र युवराज धमला छन् ।
कमिटिको कोषाध्क्षमा शिवराम सहनी चयन भएको संगठनले बताएको छ । नव गठित प्रदेश कमिटिका पदाधिकारी र सदस्यहरुलाई पार्टीका विद्यार्थी विभाग प्रमुख वसिम आलमले बद्याई तथा शुभकामना दिएका छन् ।

आइतबारबाट चलेको अधिवेसनमा नेकपा समाजवादिका केन्द्रिय अध्यक्ष माधव कुमार नेपाल लगायतका केन्द्रिय कमिटिका थुप्रै पदाधिकारीको उपस्थिती रहेको थियो । आइतबार भएको खुल्ला सत्रको प्रमुख अथिती बनेर आएका पार्टी अध्यक्ष नेपालले विद्यार्थीलाई पढ्न र बाँकी समय समाजको सेवाका खातिर खर्च गर्न भनेका थिए ।

सम्बन्धित समाचार