शारीरिक अपांगता भएका तथा घरबारबिहिन तेम्बा शेर्पालाई संखुवासभा अमेरिका जनसम्पर्क नेपाली काङ्ग्रेस संयुक्त राज्य अमेरिकाले ३ लाख ६६ हजार २ सय ७७ रुपैयाँ सहयोग गरेको छ।
संखुवासभाको चैनपुरमा केही समय अघिबाट संचालित तेम्बा शेर्पा सहयोग अभियानको लागि संखुवासभा अमेरिका जनसम्पर्क नेपाली काङ्ग्रेस संयुक्त राज्य अमेरिकाले दिपेन्द्रमान शाक्यको सभापतित्वमा गरेको एक कार्यक्रमा पुर्व राज्य मन्त्री तथा नेपाली काङ्ग्रेसका जिल्ला सभापति दिपक खड्काले तेम्बा शेर्पालाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो।
तेम्बा साधारण मानिस जस्तो हिड्न सक्दैनन् साइकलको पाङ्ग्रा र काठको पाङ्ग्रा बाट आफैले बनाएको हाते साइकललाई धकेल्दै स्कुल र आफु जानुपर्ने ठाउँ जान्छ्न्। उनको दुइओटा हात साधारण मानिसको जस्तो छैन र राम्रोसँग चल्दैन दाकि दुईओटा पनि साधारण मात्रै चल्छ। तेम्बाका परिवार साविक स्याबुन गा. वि. स. पाँचखपन नगरपालिका फच्याङमा गएको पहिरोले घर जग्गा बगाएपछि बिस्थापित भएका थिए। त्यसपछि जिल्लाका बिभिन्न ठाउँमा सर्दै अरुको जग्गामा बस्दै आएका थिए।
त्यो दिन उनको जिवनको अमुल्य दिन नै बन्यो जुन दिन नरबहादुर कार्की ( सानु ) मोटरसाइकलमा यात्रा गर्दै थिए तिम्बा पनि सोहि सडकमा आफैले बनाएको साइकलमा चार पाउले घस्रदै थिए। नरबहादुरले उनको भिडियो खिचे र टिकटकमा अप्लोड गरे। अप्लोड गरेको केहि समयमै उनको त्यो भिडियो २ लाख भन्दा धेरैले हेरिसकेका थिए। आज तेम्बा शेर्पाको घर बास बसाउन यहाँ सम्म आइपुग्ने भर्याङको पहिलो खुड्किलो नरबहादुर कार्की ( सानु ) नै हुन् उनले तेम्बा लाई हेनफोन लगायतका सहयोग समेत गरेका छन्।
त्यसपछि STV र सुपरहिट नेपाली TV ले यो कुरा थाहा पायो र यि दुइ टेलिभिजन तेम्बा सम्म पुग्यो र तेम्बा शेर्पाको कथा पहिलोपटक STV ले सार्बजनिक गर्यो र पछि सुपरहिट नेपालि TV ले पनि क्रमश भिडियो बनाउदै गयो र देश बिदेश बाट सहयोग जुट्न थाल्यो र त्यतिनैबेला चैनपुर निवासी सामाजिक अभियानता तथा नेपाली काङ्ग्रेसका युवा नेता रामेश्वर डाँगीले चासोका साथ तेम्बा शेर्पालाई केहि गर्न सकिन्छकि भन्ने सोचका साथ तेम्बा शेर्पा सहयोगको लागि संखुवासभा अमेरिका जनसम्पर्क संग तेम्बा शेर्पा सहयोगको अपेक्षा अपिल गर्नुभयो। त्यसपछि संखुवासभा अमेरिका जनसम्पर्क ले पनि यो कुरालाई ध्यान पुर्बक अध्ययन र मेहनत गरेर तेम्बा शेर्पालाई घरबास बसाउने निर्णय गरेर सहयोग संकलन गरि आज उक्त रकम हस्तान्तरण गरेको हो। यसर्थ तेम्बा शेर्पा र संखुवासभा अमेरिका जनसम्पर्कलाई जोड्ने एउटा पक्की पुल बन्नुभएको छ रामेश्वर डाँगी।
उक्त कार्यक्रममा पुर्व खानेपानी तथा राज्य मन्त्री दिपक खडका, नेपाली काङ्ग्रेस संखुवासभा जिल्ला प्रदेश ख सभापति दिपेन्द्रमान सक्य, सोहि पार्टीका विद्यार्थी नेता शुभास बस्नेत लगायत ले बोल्नुभएको थियो।
प्रतिक्रिया