खाँदबारी नगरपालिका ५ द्धारा निर्माण ब्याबसायी शेर्पा सम्मानित



संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–५ माल्टामा निर्माण ब्याबसायी मिगुर शेर्पा सम्मानित भएका छन् । शुक्रबार खाँदबारी नगरपालिका वडा नं। ५ को वडा कार्यालयको प्रशासनिक वडा कार्यालय भवनको उद्घाटन समारोहमा संम्झौता अवधिभन्दा छिटो गरि काम सम्पन्न गरेको भन्र्दै ५ नम्बर वडाले सम्मान गरेको हो । निर्माण ब्याबसायी शेर्पालाई प्रसंसापत्र सहित दोसल्ला ओढाएर खाँदबारी नगरपालिका ५ का वडा अध्यक्ष श्याम निरौला र मेयर मुरारीप्रसाद खतिवडाले सम्मान गरेका हुन् ।

सो अवसरमा मेयर खतिवडाले नगरभित्रका ढिलो शुरु भएको ५ नम्बर वडा कार्यालय भवन छिटो निर्माण सम्पन्न गरि हस्तान्तरण गरेकोमा आभार ब्यक्त गर्दै खाँदबारी ३ नम्बर वडाको भवन पनि शेर्पाकै ठेक्का परेकोमा आगामी असार भित्र निर्माण सम्पन्न गरि बुझाउन हुन अनुरोध गरे ।

सम्मानित भएपछि बोल्र्दै निर्माण ब्याबसायी शेर्पाले निर्माण कार्यमा तीन वटा तत्व महत्वपूर्ण हुन्छ, त्यो भनेको स्थानीय जनसमुदाय, सरकारी कार्यालय र निर्माण ब्याबसायी आफै भएको बताए । उनले यि तीन वटै तत्व मिलेको खण्डमा र लगातार काममा लाग्ने हो भने जुनसुकै निर्माण कार्यपनि समयअवधि भित्रै निर्माण कार्य सम्पन्न गर्न सकिने बताए ।

निर्माण ब्याबसायी शेर्पा जिल्लामा इमानदार निर्माण ब्याबसायीको रुपमा परिचय बनाएका छन् । उनले अघिकाँस निर्माण कार्य समयसिमा भित्र सक्ने गरेको भन्र्दै प्रसंसा समेत हुने गरेको छ । अरुण बरुण निर्माण सेवा कम्पनीका कार्यकारी निर्देशक शेर्पा निर्माण ब्याबसायी संघ संखुवासभाका महासचिव समेत हुन् । उनी यसअघि नै संम्झौता भन्दा अगाडि काम सकेको भन्र्दै प्रदेश नम्बर १ बाट नै पुरस्कृत भईसकेका छन् ।

सम्बन्धित समाचार