खाँदबारी ४ मा नवनिर्वाचीतहरुलाई बधाई तथा शुभकामना



संखुवासभा । नेपाली काँग्रेस खाँदबारी नगरपालिका ४ नम्बर वडा कार्यसमितिलाई स्वागत, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार एक कार्यक्रम बिच खाँदबारी नगरपालिका ४ को केन्द्र अरुणथान बजारमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसको १४ औं महाधिबेसनबाट निर्वाचीतहरु केन्द्रिय सदस्य तारामान गुरुङ, प्रदेश नम्बर १ को उपसभापति टंकप्रसाद राई र प्रदेश सदस्यहरु राजेन्द्र घले, रामकुमार थापा, कमला घले र सिर्जना शंकरलाई अबिर फुलमालाद्धारा बधाई शुभकामना दिइएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमाननीय तथा प्रदेश नम्बर १ का उपसभापति टंकप्रसाद राईले पार्टीको आन्तरिक प्रतिस्पर्धामा कसले जित्यो, कसले हा¥यो भन्ने बिषय गौण रहेकाले अब पार्टीको संगठनमा एकढिक्का भएर लाग्नुपर्नेमा आग्रह गरे ।

त्यसैगरि नवनिर्वाचीत केन्द्रिय सदस्य तथा पुर्वराज्यमन्त्री तारामान गुरुङले कम्युष्टि फुटेको छ भनेर ढुक्क नहुन आग्रह गर्दै पार्टी बलियो बनाएर तल्लो तह देखि सबै ठाउँमा जित हासिल गर्न संगठन बलियो बनाउनुपर्ने धारणा राखे । उनले गाउँघरमा तल्लो घर, पल्लो घर, वल्लो गाउँ पल्लो गाउँ टोल बिच सामान्य विवादहरु हुन सक्छन तर त्यही कुरालाई आउर्दै गरेको स्थानीय तहको चुनावमा पार्टीको हार बनाउनु हुर्दैन संगठनमा सबै जना एक ढिक्का भएर लाग्नु पर्ने बताए ।

नेपाली काँग्रेस ४ नम्बर वडा सभापति नरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव मणि गुरुङले संचालन गरेका थिए । कार्यक्रममा खाँदबारी ४ का वडाध्यक्ष सजित राई, सदस्य जीतबहादुर गुरुङ लगायत पार्टी अग्रज ब्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार