नेपाल अर्बुद रोग निवारण संस्था खाँदबारीद्वारा केन्द्रीय अध्यक्ष श्रेष्ठलाई बधाई तथा सम्मान



नेपाल अर्बुद निवारण संस्थाका नव निर्वाचित केन्द्रीय अध्यक्ष महेस श्रेष्ठलाई गृह जिल्ला संखुवासभामा भब्य स्वागत तथा अभिनन्दन गरिएको छ ।

नेपाल अर्बुद निवारण संस्था शाखा संखुवासभाले आज एक भब्य समारोहका बिच श्रेष्ठलाई स्वागत बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो । शाखा सभापति कृष्णराज शाक्यको सभापतित्व तथा खाँदबारि नगरपालिकाका उपप्रमुख डेगेश्वरी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युवा नेता दीपनकुमार श्रेष्ठ, बरिष्ठ पत्रकार दीपेन्द्र बान्तवा, बरिष्ठ समाजसेवी जीवन श्रेष्ठ, प्राध्यापक कृष्ण बहादुर अधिकारी, लगायतले क्यान्सर रोग र यसको रोकथाम र न्युनिकरणमा संस्थाले खेल्दै आएको भुमिकाका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेश्वरी श्रेष्ठले क्यान्सर लागायतका प्राणघातक रोगबाट पिडितलाई खाँदबारी नगरपालिकाबाट भैरहेको सहयोगका बारेमा जानकारि दिनुभएको थियो । वहाँले सुर्तिजन्य पदार्थ बिक्रिबितरण न्नुनिकरणका लागि सरकारले गरेको कानुनी ब्यवस्थालाई कडाईका साथ कार्यान्वयनमा लैजानका लागि नगरपालिकाले आवश्यक कदम चाल्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभएका थियो ।

सुर्तिजन्य पदार्थको सेवन र बिकृ बितरण न्युनिकरणका लागि आगामी दिनमा जनचेतना अभिबृद्धीको अभियानमा संस्थासंग नगरपालिकाले आवश्यक सहकार्य गर्ने समेत वहाँले बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख आकर्षण नेपाल अर्वुद रोग निवारण संस्थाका नवनिर्वाचित केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले क्यान्सरलाई प्राणघातक रोग भनिएपनि नियमित स्वास्थ्य परिक्षण र समयमै उपचार गरिए यसबाट पुर्ण रुपमा वचन सकिने धारणा राख्नुभएको थियो ।
अढाई दशक लामो समयको निरन्तर लगावका कारण आफु केन्द्रीय अध्यक्षको जिम्मेवारिमा पुग्न सफल भएको भन्दै श्रेष्ठले आफ्नो कार्यकालमा मन,वचन र कर्मले भ्याएसम्म जिम्मेवारी बोधका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

वहाँले अहिले नेपालमा बार्षिक २७ हजार बढिको क्यान्सर रोगबाट मृत्यु हुनेगरेको तथ्यांक प्रस्तुत गर्दै क्यान्सर रोगको न्युनिकरण र उपचारका लागि सबै क्षेत्रको सामुहिक सहकार्य आवश्यक भएको बताउनु भयो ।

कतिपय अवस्थामा क्यान्सरलाई बंशानुगत रोगका रुपमा लिने गरिएपनि समयमा सहि उपचार गर्नसकिए यसबाट हुने आर्थिक र पारिवारिक क्षति कम गर्न सकिने वहाँको भनाई थियो ।
कार्यक्रममा समापन मन्तब्य राख्दै संखुवासभा शाखा सभापति कृष्णराज शाक्यले क्यान्सर बिरुद्धको अभियानमा जिल्लाले जनचेतना अभिबृद्दिका लागि सकेको भुमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गर्दै स्थानीय निकाय र अर्वुद रोग निवारण संस्था केन्द्रीय कार्यालयसंग सहकार्यको अपेक्षा राखिएको बताउनु भएको थियो ।

सम्बन्धित समाचार