शिक्षक/विद्यार्थीमा कोरोना देखिएपछी चिचिला गाउपालिकाका सबै विद्यालय बन्द



संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिकाका विद्यालयहरुमा कोरोना संक्रमण पुष्टी भएपछी विद्यालय सञ्चालनमा रोक लगाइएको छ । गाउँपालिकाले बुधबार सुचना जारी गर्दै आगामी माघ १२ गतेसम्मका लागि विद्यालय बन्दको घोषणा गरेको हो ।

मंगलबार गरिएको परिक्षणमा वडा नं. ३ को जालपा माध्यमिक विद्यालयका १३ जना शिक्षक तथा विद्यार्थी र दिदिङ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा समेत कोभिड १९ को संक्रमण पुष्टी भएको थियो ।

संक्रमण झनै बढ्ने देखिएपछी विद्यालय बन्द गर्नु परेको गाउँपालिकाले इमकालु अनलाइनलाई जानकारी दिए । साथै विद्यालयका कुनै पनि भेला, गोष्ठी र उत्सव समेत नगर्न गाउापालिकाले अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार