सङ्खुवासभामा जिल्लामा अग्रपङ्तीमा कार्यरत करिब ५ हजार व्यक्तिलाई यसै साताभित्र कोरोनाको बुस्टर डोज लगाउने तयारी छ । स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको छ । जिल्लामा बुस्टर डोज नआइसकेकाले माघको १४ देखि लगाईने छ । प्रवक्ता रोशन श्रेष्ठका अनुसार पूर्ण खोपको रूपमा जसले पहिलो जे लगाएको छ, उसलाई बुस्टर डोजका रूपमा पनि त्यही खोप दिइने बताए ।
हाल जिल्लाका १० वटै पालिकामा १८ वर्ष माथिकालाई खोप लगाउने काम धमाधम भइरहेको छ । खोपको दुवै मात्रा लगाएको ६ महिना पुगेकालाई मात्र बुस्टर डोज दिइनेछ । १२ बर्ष माथिका बिद्यार्थीलाई माघको १३ सम्म दोस्रो चरणको खोप लगाईदै छ ।
प्रतिक्रिया