खाँदबारी २ र १० जोड्ने पुल उद्घाटन



खाँदबारी । खाँदबारी नगरपालिका – २ र १० जोड्ने ट्रस पुल उद्घाटन गरिएको छ । खाँदबारीका मेयर मुरारीप्रसाद खतिवडाले एक कार्यक्रमका विच चेवा खोलामा रहेको पुलको उद्घाटन गरेका हुन् ।

उपभोक्ता समिति मार्फत निर्माण गरिएकोे ३२ मिटर लामो तिरतिरे पुछार ट्रस पुलको उद्घाटन मेयर खतिवडाले उद्घान गरेको हुन् । ३१ लाख १९ हजार ३ सय ७७ रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएको हो । पुल उद्घाटन गर्दै मेयर खतिवडाले भने–‘पुल निर्माण पछि बार्षिक रुपमा काठकोपुल मर्मत गर्नुपर्ने झन्झट हटेको छ ।’ उभोक्ता समितिले निर्माण समय सिमा भन्दा अगाडिनै पुल निर्माणको कार्य सम्पन्न गरेकाले उपभोक्ता समिति र पुल निर्माणमा संलग्नमा सपुर्णमा मेयर खतिवडाले धन्यवाद दिए ।

आगामि चैत्र मसान्त सम्ममा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएपनि करिब ३ महिना अगाडिनै काम सम्पन्न भएको छ । गत असोज ४ गते योजना सम्झौतागरी समितिले निर्माण कार्य सुरुगरेको निर्माण समितिका सचिव मिलनकुमार राईले बताए । पुल निर्माणमा समाज विकास केन्द्र९सोडेक०ले प्राविधक र सामाजिक सहयोग गरेको सचिव राईले जानकारी दिए । पुल उद्घाटन कार्याक्रममा खाँदबारी १० वडा अध्यक्ष केशवराजसिं थापा, वडा नंंं। २ वडा अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, वडा नं। १ का वडा अध्यक्ष निरञ्जन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार