दाङ । प्रहरीकै मोटरसाइकल लिएर दाङको घोराही कारागारबाट फरार भएका कैदी यमराज परियारलाई एक महिनापछि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनका क्रममा प्रहरी उपरीक्षक (एसपी) सुरेस काफ्लेले नेपालगन्जको जमुनाहा नाकाबाट पक्राउ गरिएको भनिए पनि उनी भारतबाट पक्राउ परेको उच्च स्रोतले बताएको छ ।
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यमराज गत पुस ८ गते उपचारका क्रममा प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए । उनी भागेको दोस्रो दिन मोटरसाइकल भने लमही नगरपालिका(६ बेलदमारको जंगलमा फेला गरेको थियो ।
स्रोतका अनुसार उनी केही दिन हिँडेर जंगलको बाटो हुँदै भारत पुगेका थिए । ‘रातरात लमहीको जगल हुँदै नेपाल(भारत सीमाबाट भारत गएको देखियो’ उनले भने, ‘हिँडेरै नाकाको बाटो हुँदै भारत पुगेको खुलेको छ ।’
उनलाई त्यहा रहेका अफ्ना भाइ र साथीहरूको सहयोगमा भारतको पञ्जावको लुधियाना पुग्न सफल भएका थिए । त्यहाँ उनी भेष बदलेर लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको एक अनुसन्धान अधिकारीले बताए ।
कारागारमा हुँदा नाइके परियारले कपाल र दारी लामो पालेका थिए । त्यतिबेला उनको हुलिया अहिलेको भन्दा बिल्कुल फरक देखिन्थ्यो । पहिले दारी र कपाल लामो पालेका परियार त्यहाँ कपाल र दारी फालेर फरक हुलियामा बसेका थिए । ‘हुलिया नै बदलेर बसेपछि प्रहरीलाई पनि चिन्न गाह्रो परेको थियो’ ती अधिकारीले भने, ‘हुलिया बदले पनि आँखा हेरेर चिन्न सकियो । शरीरमा खोपेको ट्याटुले पक्राउ गर्न सजिलो भयो ।’
उनी फरार भए लगतै प्रधान प्रहरी इन्टरपोल खटिएको थियो । कैदी यमराज बस्न सक्ने सम्भाव्य स्थानहरू, उनले प्रयोग गर्ने फोन, भाइवर, ह्यटएपलगायतका माध्यमबाट परियारको लोकेसन पत्ता लगाइयो । त्यसक्रममा उनले विभिन्न फोन र सिम प्रयोग गरिएको पाइएको अनुसन्धान अधिकारीले बताए ।
अन्ततः एन्की अपरेसनमार्फत फरार कैदी यमराजलाई महिना दिनमै पक्राउ सोमबार दाङ ल्याएको छ । यसलाई सफलता हात पारेको एसपी काफ्लले बताए ।
यसअघि सो प्रकरणमा संलग्नता रहेको आंशकामा घोराही कारागारका जेलर युवराज परियारलाई पदमुक्त गरी अनुन्धानका लागि केही दिन हिरासतमा राखिएको थियो । अनुन्धानका क्रममा उनी दोषी नदेखिएपछि पुस १६ गते छुटेका थिए ।
यमराज फरार प्रकरणमा प्रहरी जवान चौधरी र तुलसीपुर उपमहानगरपालिका(१० की २२ वर्षीया समी चौधरी पुर्पक्षका जेल चलान भइसकेका छन् ।
त्यस्तै सोही प्रक्ररणमा संलग्नता रहेको भन्दै घोराही कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी १० हजार र प्रहरी हवल्दार गणेशकुमार थारु पाँच हजार धरौटीमा छुटेका छन् ।
यो प्रकरणमा युवतीलगायत होटलको समेत व्यवस्थापनको काम गरेको आरोप लागेकी घोराहीका सौजन्य खनाल र घोराही उपमहानगरपालिका १६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश भएको थियो ।
त्यसपछि तुलसीपुर कारागारका जेलर अमर वलीलाई घोराही कारगारमा खटाइएको थियो ।
प्रतिक्रिया