आईएमई लाइफ इन्स्योरेन्सले दियो ११ लाख मृत्यु दावी भुक्तानी



खाँदबारी । आईएमई लाइफ इन्स्योरेन्सले मृत्यु दावीको ११ लाख १८ हजार रुपैयाँ भुक्तानी गरेको छ । आईएमई लाइफ इन्सोरेन्सको खाँदबारी शाखाले बीमित पाँचखपन–६, वानाका ३५ वर्षीया दिलसा गिरीको बुबालाई ११ लाख १८ हजार रुपैयाँको चेक एक कार्यक्रमका बीच हस्तान्त्रण गरिएको आईएमई लाइफ लाइफ इन्स्योरेन्स शाखा कार्यालय खाँदबारीका प्रमुख कृष्ण श्रेष्ठले बताए ।

बीमित गिरी बैदेशिक रोजगारका सिलसिलामा श्रीलंकामा गत साउन १४ गते मृत फेला परेकी थिइन् । मृतक गिरीले २०७५ जेठ १८ मा १० लाख रुपैयाँको जीवन विमा गराएकी थिइन् । गिरीले वार्षिक ६६ हजार ९० रुपैयाँका दरले तेस्रो किस्ता सम्ममा १ लाख ९८ हजार दुई सय ७० रुपैयाँ जम्मा गरेकी थिईन् । कम्पनीेले बीमाङ्क रकममा बोनस थपेर भुक्तानी गरेको शाखा प्रमुख श्रेष्ठले बताए । मंगलबार खाँदबारीमा एक कार्यक्रमका बीच मृत्यु दाबी रकम मृतक दिलसाका बुबा चन्द्र बहादुर गिरीलाई हस्तान्तरण गरिएको हो ।

आईएमई लाइफका प्रदेश नम्बर १ का सह–संयोजक ओम प्रकाष राई, जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्य, उद्योग बाणिज्य संघ संखवासभाका अध्यक्ष कृष्णभगत प्रधानको उपस्थितीमा मृत्यु दावी भुत्तानी हस्तान्तरण गरिएको हो । जीवन विमा गर्दा आफु र आफ्नो परिवारलाई फाइदा पुग्ने जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले बताए । विमाको दायरा बढाउन सबै पक्ष हातेमाले गरेर लाग्नु पर्ने जिसस प्रमुख शाक्यले बताए ।

गिरीका बुबाले मृत्युको ९० औ दिनमा मात्र मृत्यु दाबी गरेको भन्दै बिमा कम्पनीको नियम अनुसार समयमा नै मृत्यु दावी भुक्तानी माग गर्नका साथै अभिकर्तालाई पनि विमितको वास्तविक विवरण उल्लेख गराउन प्रमुख अतिथि शाक्यले अनुरोध गरे । वास्तविक विवरण उल्लेख नगर्दा दावी भुत्तानीमा असहज हुने गरेको छ ।

सम्बन्धित समाचार