अपर अरुणमा अमेरिकामा रहेका संखुवासभावासी पनि लगानी गर्न तयार छन् : सुजन श्रेष्ठ



मनराम प्रतिष्ठानका अध्यक्ष तथा युवा उद्यमी सुजनकुमार श्रेष्ठले संखुवासभाको बिकासको लागि आफूले जुनसुकै भूमिका निर्वाह गर्ने बताउनुभयो ।

काठमाडौमा आज संखुवासभा –काठमाडौ जर्नालिष्ट एशोसियसनसंग कुरा गर्दे उहाँले जिल्लाको विकासमा सहभागि हुन पाउँदा आफूलाई खुशी लाग्ने पनि बताउनुभयो । जिल्लाको बिकासमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भएको भन्दै जिल्लाको विकासमा सक्दो सहयोग गर्ने वचन दिनुभयो । संखुवासभा जलस्रोतमा धनि भएकाले जलस्रोतको उपयोग जिल्लावासीले गर्न सके संखुवासभाको समृद्धि हुने उहाँको तर्क थियो ।

अहिले माथिल्लो अरुण आयोजनाको चर्चा भएकाले अपरण अरुण जिल्लाकै नागरिक लाभन्वित हुने गरी बनाउन सके राम्रो हुने उहाँको बिचार थियो । अरुण तेस्रो बन्दै छ तर, जिल्लावासीको असन्तुष्टि र गुनासा पनि छन् । त्यसैले स्थानीय नागरिक लाभन्वित हुने गरी उनीहरुको भावनालाई सम्बोधन गरेर मात्र आयोजना निर्माण हुनु पर्ने उहाँको भनाई थियो ।

अमेरिकामा रहेका जिल्लाबासीलाई अपर अरुण आयोजनामा लगानी गर्ने वातावरण बनाउन भूमिका खेल्ने उहाँको भनाई थियो । अपर अरुण आयोजनाबारे आफूले अध्ययन गर्ने र जिल्लावासीले नै बनाउनु पर्ने आफ्नो धारणा रहेकाले जिल्लावासी लाभान्वित हुने कुरामा आफू सधै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

अमेरिकामा रहेका संखुवासभावासी लगानी गर्न तयार रहेको भन्दै जनताको आयोजनामा आफूले अमेरिकामा रहेका जिल्लाबासीबाट ४ अर्व रुपैया बढी लागनी गर्न सक्ने आंकलन गरेको बताउनुभयो । उहाँले आफ्नो जिल्लामा लगानी गर्ने वातावरण बने खुशी भएर लगानी गर्न सक्ने प्रष्ट पार्नुभयो ।

युवा उद्यमी श्रेष्ठ लामो समयदेखि अमेरिकामा बस्दै आउनुभएको छ । सामाजिक काममा समेत मनराम प्रतिष्ठानले देशभर शिक्षा, स्वास्थ्य र रोजगारी सृजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएको छ । उहाँले जिल्लाको विकासमा हुने जुनसुकै बहस र छलफलमा सहभागि हुने पनि बताउनुभयो ।

सम्बन्धित समाचार