चालु आर्थिक वर्ष अरुण भ्याली हाइड्रोपावर कम्पनीले २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले वित्तीय विवरण अनुसार उक्त अवधिमा ७ करोड ४९ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ८० लाख ५३ हजार रुपैयाँ नाफा कमाएको थियो । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा १० दशमलव १० प्रतिशतले बढी हो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी चालु आवको दोस्रो त्रैमाससम्ममा सामान्य वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९४ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको थियो । जुन गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९४ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
यसैगरी, उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । कम्पनीको प्रतिसेयर आम्दानी गत वर्षको पुस मसान्तको तुलनामा ४ रुपैयाँ ९७ पैसाले घटेर ८ रुपैयाँ ६६ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने १ सय ७ रुपैयाँ ८२ पैसा रहेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने १३ करोड ५२ लाख २६ हजार रुपैयाँ राखेको छ । त्यस्तै कम्पनीको संचालन मुनाफा यस अवधिमा १३ दशमलव ८६ प्रतिशतले वृद्घि भइ १० करोड १ लाख २९ हजार रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया