सङ्खुवासभाका सामुदायिक वन उपभोक्ता महासङ्घ बिरोधमा



संखुवासभा । सामुदायिक वनको अधिकार कटौती लगायतका बिषयलाई लिएर सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल सङ्खुवासभा बिरोधमा उत्रिएको छ । खाँदबारीमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै महासङ्ले बुधबार बिरोध र्याली निकाल्ने घोषणा गरेको छ ।

कार्यक्रममा सामुदायिक वनको अधिकार कटौती गर्ने गरी तयार गरिएको वन नियमावली २०७८ को मस्यौदा, प्रदेश वन ऐेन र संरक्षित वनक्षेत्र बिस्तार, तेहेरो कर र वन पैदावर सदुपयोगमा लगायको प्रतिबन्धको बिरोध गर्न आन्दोलनमा उत्रिएको जिल्ला अध्यक्ष लक्ष्मी चापागाईंले बताईन् । कार्यक्रममा केन्द्रीय सदस्य बद्रि सापकोटा, सचिव वाङछेदर भोटे लगायतको उपस्थिति थियो

सम्बन्धित समाचार