संखुवासभा : सुरक्षित गर्भपतन सेवा कार्यक्रमको समिक्षा सम्पन्न



संखुवासभा । संखुवासभामा सञ्चालित सुरक्षित गर्भपतन सेवा कार्यक्रमको समिक्षा खाँदबारीमा सम्पन्न भएको छ । जिल्ला परियोजना सल्लाहकार समितिले आयोजना गरेको समिक्षा कार्यक्रममा आइपास नेपालका कार्यक्रम अधिकृत कमानसिं राईले सुरक्षित गर्भपतन सेवा बारे संखुवासभाको हालको अवस्था र कार्यक्रम सञ्चालन अवधीको स्थितिको बारेमा प्रतिवेदन पेश गरेका थिए ।

राईको प्रतिवेदन अनुसार सुरक्षित गर्भपतन सेवा कार्यक्रमका लागि पालिकाहरुबाट बजेट विनियोजन हुनु, जनशक्ति उत्पादन हुनु, स्थानीय तहको निति, कार्यक्रममा समावेश हुनु र बजेट छुट्याउनु, सरोकारवाला निकायहरुको संलग्नता रहनु मुख्य उपलब्धी रहेको बताए ।

प्रतिवेदन प्रस्तुत गर्दै राईले भने अनिच्छित गर्भको कारण सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढिरहनु, लामो तथा छोटो अवधीका परिवार नियोजनका साधनहरु तुलनात्मक रुपमा घट्दै जानु मुखय चुनौंतीको रुपमा रहेको बताए ।

समितिका संयोजक सुमन शाक्यले आगामी दिनमा सुरक्षित गर्भपतन सम्बन्धी सेवा विस्तार र सहज रुपमा सेवा उपलब्धताका लागि कार्यक्रम अघि बढाउनु पर्ने बताए ।

जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या आर्थिक वर्ष २०७७/०७८ मा १ हजार २ सय २२ जना रहेका छन् । ०७८ पुस मसान्तसम्ममा ५ सय ४५ जना रहेको तथ्यांकले जनाएको छ ।

महिलाको मञ्जुरीमा १२ हप्ता र गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सकछ वा निजको शारिरिक वा मानसिक स्वास्थय खराब हुन सक्छ वा विकलांक बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई महिलाको मञ्जुरीमा २८ हप्तासम्म सुरक्षित गर्भपतन गर्न सकिने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली २०७७ मा उल्लेख छ ।

सम्बन्धित समाचार