संखुवासभा ट्राफिक प्रहरीको अर्धवार्षिक समिक्षा : १४ लाख बढी राजश्व संकलन



संखुवासभा । जिल्ला ट्राफिक प्रहरी कार्यालय संखुवासभाले अर्धवार्षिक प्रगति समिक्षा सार्वजनिक गरेको छ । साउन महिना देखि पुस मसान्तसम्ममा कार्यालय माताहतले गरेको कामकारबाही बारे समिक्षा प्रस्तुत गरेको हो ।

यस अवधीमा २ हजार ८५ वटा सवारी साधन कारबाहीमा परेका छन् । सो बापत १४ लाख ३० हजार ५ सय राजश्व संकलन भएको संखुवासभा ट्राफिकले जनाएको छ । ३४ वटा दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन् भने ६२ जना घाइते भएका छन् ।

यस अवधीमा संखुवासभा ट्राफिकले १ सय ९६ वटा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेका छन् भने यसबाट करिब ४ हजार ४ सय २० जना लाभाम्वित भएको अनुमान गरिएको छ ।

 

सम्बन्धित समाचार