अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि_ को विरोध जनाउदै संखुवासभाका एकीकृत समाजवादी पार्टीका भाृतसंगठनहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
आइतबार नेकपा एकीकृत समाजवादी पार्टीका भातृसंगठनहरु युवा संघ नेपाल, अनेरास्ववियु लगायतका संघसंगठनहरुले एमसिसिको विरोध जनाउदै संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउन एकीकृत समाजवादी संखुवासभाका अध्यक्ष हेमराज घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य लगायतका नेता कार्यकर्ताहरुको टोली जिल्ला प्रशासन पुगेका थिए ।
एमसिसि मुलुकको हितमा नभएकाले खुलेर विरोध गर्न बाध्य भएकोउनीहरुको भनाइ छ । उनीहरुले समाजवादी पार्टी र नेपाली जनताहरु एमसिसिको पक्षमा नरहेको समेत उल्लेख गरेका छन् । विज्ञप्तीमा समाजवादी भातृसंसगठनहरु युवा संघ नेपालका ज्ञानबहादुर राई, अनेरास्ववियुका विजय कार्की, अखिल किसान संघका काशीनाथ दाहाल, आदिवासी जनजाति महासंघका झलक गुरुङ र पेशागत महासंघ नेपालका चुडाबहादुर थापाद्धारा हस्ताक्षरित विज्ञप्ती प्रधानमन्त्रीलाई पठाइएको हो ।
विज्ञप्तीमा इतिहासका विभिन्न कालखण्ड देखि नै वैदेशिक हस्तक्षेप विरुद्ध नेपाल रहेको र त्यसमा अहिले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) देशको सुरक्षा, सार्वभौमसत्ता, स्वाधिनता र राष्ट्रिय अखण्डता माथि प्रत्यक्ष हस्तक्षेत्र गरि मुलुकलाई नवउपनिवेश बनाउन खोजिएको भनि उल्लेख छ । एमसिसि पास नगरे अमेरिकाले नेपाललाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने भनि धम्कीपुर्ण भाषा प्रयोग भएकोमा समेत घोर भत्र्सना गरिएको विज्ञप्तीमा भनिएको छ ।
प्रतिक्रिया