चन्दा उठाउन भूमिगत समूहको नाममा झापामा नक्कली बम आतंक



काठमाडौं । भूमिगत समूहको नाममा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु राखेर झापामा आतंक फैलाउने प्रयास भएको छ । लागूऔषध र ठगीमा संलग्न व्यक्तिहरुको समूहले ‘हिमाल सुरक्षा परिषद्’ नामक भूमिगत समूहको नाममा आतंक फैलाएर व्यवसायीबाट चन्दा उठाउने प्रयास गरेको हो ।

१ नं। प्रदेश प्रहरी कार्यालय, बिराटनगरको क्षेत्रीय अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय, झापाको टोलीले यसमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह २ का सुमनकुमार कार्कीसहित ९ जना छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार यो समूहले शंकास्पद वस्तु राखेर व्यवसायीबाट चन्दा उठाउने प्रयास गरिरहेको थियो । ‘अधिकांश पहिल्यै मुद्दा चलिरहेका व्यक्ति छन्, उनीहरुलाई संलग्न गराएर भूमिगत समूहको नाममा असूली गर्न खोजेको देखिन्छ’ पोखरेल भन्छन्, ‘पक्राउ पर्नेहरुको साथबाट आर्थिक संकलन गरिएका कागज र पर्चाहरु पनि बरामद भएका छन् ।’

सम्बन्धित समाचार