खाँदबारी । चिचिला गाउँपालिकामा राजश्व सुधार कार्य योजना तर्जुमा सम्बन्धी अभिमुखिकरण तथा कार्यशाला गोष्ठि सुरु भएको छ । प्रदेश नम्बर १ सरकारको शसर्त अनुदान अन्तर्गतको कार्यक्रम चिचिला बजार स्थीत पञ्चकन्या आधारभुत विद्यालयमा आईतबारबाट कार्यक्रम सुरु गरिएको हो ।
कार्यक्रममा सामुदायिक विकास मञ्च धनकुटाले परामर्श सेवा दिएका छन् । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृत, वडा सचिवहरु, राजश्व परामर्श समितिका पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको छ । गोष्ठिमा स्थानीय तहको राजश्व संकलनको क्षेत्राधिकारको बारेमा जानकारी गराईने आयोजक सामुदायिक विकास मञ्चले जनाएको छ ।
कार्यक्रममा सामुदायिक विकास मञ्चका प्रशिक्षकहरु नुच्छराज श्रेष्ठ, खेमराज निरौला र केदार दाहाल ले सहजिकरण गर्ने छन् ।
प्रतिक्रिया