प्रदेश १ : प्रदेशसभाको बैठक फागुन १५ देखि सुरु हुने



विराटनगर । लामो समयदेखि स्थगित रहेको प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने भएको छ।

दिनको १ बजे बैठक बस्ने तयारी रहेकोे प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

गत मङ्सिर १ गते मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि बैठक अर्को सूचना जारी नभएसम्म स्थगन भएको सभामुख प्रदीपकुमार भण्डारीले उद्घोष गरेका थिए।

सम्बन्धित समाचार