काठमाण्डौ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि च्याम्पिन्स लिग फुटबल प्रतियोगिताको फाइनल खेल रुसमा नहुने भएको छ ।
युरोपेली फुटबलको सबैभन्दा सम्मानित प्रतियोगिताको फाइनल खेल अब फ्रान्समा हुने बीबीसीले जनाएको छ । आज शुक्रवार आयोजित एउटा बैठकमा यूईएफएले त्यसबारे निर्णय गर्दै फाइनल खेल फ्रान्समा गर्ने निर्णय गरेको हो ।
यसअघि च्याम्पियन्स लिगको फाइनल खेल रुसको सेन्ट पिटर्सबर्गमा मे २८ मा हुने कार्यक्रम थियो । रुसले युक्रेनमाथि आक्रमणको सिलसिला बढाउँदै गएपछि यूईएफएले च्याम्पियन्स लिगको फाइनल खेल हुने ठाउँ नै सारेको हो ।
प्रतिक्रिया