संखुवासभाको धर्मदेबी नगरपालिका मा भएको प्रथम मेयर कपको उपाधी इटहरी उपमहानगरपालिकाले हात पारेको छ। धर्मदेबी नगरपालिकाको आयोजना र नाईन स्टार क्लबको सह आयोजनामा संचालन भएको मेयर कपमा इटहरी बिजयि बनेको हो।
आइतबार भएको फाईनल खेलमा बेलबारी नगरपालिकालाई शून्यका बिरुद्ध दुई गोल गरि इटहरी बिजयी बनेको हो। बिजेता टिमले नगद रु एक लाख एघार हजार एक सय एघार र उपबिजेता टिमले पचहत्तर हजार ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।
नगद पुरस्कारमा आकस्मिक लाभ कर २५ प्रतिशत कट्टि गरिएको छ। तेस्तैगरी ब्यक्तीगत बिधातर्फ इटहरि उपमहानगरपालिकाको टिमबाट सर्वाधिक गोलकर्ता सन्दिप लिम्बू, उत्कृष्ट गोल रक्षक रोषन कार्की र सर्बोत्कृष्ट खेलाडी असिम लिम्बुले उचित नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतिक्रिया