खांदबारी । पूर्वी पहाडी जिल्ला संखुवासभामा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने भएको छ ।
सरकारले बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै एमालेबाहेकका राजनीतिक दलका नेताको बैठकले संखुवासभामा गठबन्धन गरेर अगाडि बढ्ने सहमती गरेका हुन् ।
नेपाली काँग्रेस संखुवासभाका सभापति दिपक खड्काको नेतृत्वमा आज बसेको बैठकले गठबन्धन बनाएर अगाडि बढ्ने सहमती गरेको हो ।
बैठकमा एमालेका पूर्व संखुवासभाका अध्यक्ष एवम् हाल संघीय समाजवादीका नेता हेमराज घिमिरे, उमेश डाँगी, दिपक थुकलुङ, जीतमान गुरुङ, नेकपा माओवादी केन्द्र संखुवासभाका नेता राजेन्द्र कार्की, चेतना कार्की, काँग्रेस संखुावासभाका सहसचिव किशोर गुरुङलगायतको उपस्थिती रहेको थियो ।
बैठकमा स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने र गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सबै पार्टीका नेता तथा कार्यकर्ता लाग्ने निर्णय भएको संखुवासभा काँग्रेसका सभापति खड्काले बताउनुभयो ।
प्रतिक्रिया