खाँदबारी । संखुवासभा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले अपर अरुण आयोजना जनताकै लगानीमा बन्न सक्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसियसन नेपालले काठमाडौमा गरेको कार्यक्रममा उहाँले यो आयोजना प्रदेश नम्बर–१ को गौरवको आयोजना भएकाले आयोजना निर्माणकोलागि लगानी गर्न जनता सक्षम रहेको पनि बताउनुभयो ।
आयोजानाबारे पटक–पटक छलफल र अन्र्तक्रिया भएको भन्दै जनता आफैले बनाउन सक्ने आयोजना भएकाले यसलाई आफूले अगाडि बढाउँने पनि बताउनुभयो । नेपालकै सबैभन्दा ठूलो आयोजना संखुवासभाको भोटखोलामा बन्नु देशकै लागि गौरब भएको उहाँको भनाई थियो । आयोजना जनताकै लगानीमा बन्नुपर्छ भन्नेमा सबै राजनीतिक दलको एक मत रहेको उहाँको भनाई थियो । यो आयोजना जनताकै लगानीमा बन्नु पर्छ र आफैले लगानी गरे मात्र व्यक्ति र जिल्ला समृद्ध हुने उहाँको भनाई थियो ।
विदेशीको पोल्टामा गए त्यसको थिचोमिचो र असर मात्र जिल्लाबासीले भोग्नु पर्ने उहाँको तर्क थियो । त्यसतर्फ बेलैमा सचेत हुन नसके अहिलेकै जस्तो नियति भोग्नु पर्ने उहाँको भनाई छ । अपर अरुण आयोजनाको बिषयमा जनतालाई बुझाउन ढीलाई गर्न नहुने भन्दै जनतालाई लगानी गर्ने वातावरण बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । कुन मोडालिटीमा बन्न सक्छ भन्ने बिषयमा छलफल भईरहेकाले यसलाई जनताको आफ्नै आयोजनाको रुपमा अगाडी बढाईने पनि उहाँले बताउनुभयो ।
आयोजना आफैले बनाउन सकीन्छ भन्नेमा अब कुनै भ्रम नपाल्न पनि सबैसंग उहाँको आग्रह छ । सामाजिक, आर्थिक र बातावारणीय दृष्टिकोणले यो आयोजना अन्य आयोजना भन्दा सस्तो र कम क्षति हुने आयोजना भएकाले यसलाई अगाडी बढाउन कुनै समस्या नरहेको उहाँको तर्क थियो । प्रमुख शाक्यले आयोजनाको लागि पर्याप्त लगानी उठ्ने भएकाले बजेटको अभाव नहुने ठोकुवा पनि गर्नुभयो ।
प्रतिक्रिया