काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् र्याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ।
साहसिक जलयात्रामा नेपाली खेलाडी ९गाइड०मा अनुभव पोख्त र प्रतिस्पर्धी क्षमता बलियो देखेपछि आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताका लागि मन्त्रालय नीतिगत व्यवस्थाको तयारीमा लागेको हो। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले आगामी एसियन र ओलम्पिकमा र्याफ्टिङमा पदक जित्न नेपालको सहभागिता प्रभावकारी हुनसक्ने आकलन गरिएको बताए।
नेपालको भौगोलिक अवस्थितिका कारण पहाडबाट दक्षिणतर्फ बग्ने अधिकांश नदीमा पर्यटनसँगै खेलकुदलाई जोड्न र प्रयोग गर्नसक्ने प्रशस्त सम्भावना छ। त्रिशूली, भोटेकोशी, सुनकोशी, कालीगण्डकी, मर्स्याङ्दी, बूढीगण्डकी, कर्णाली र पश्चिम सेती साहसिक जलयात्राका लागि विश्वमै कहलिएका नदी हुन्।
नेपालका ६ हजारभन्दा बढी नदीनाला रहेकामा त्यसमध्ये दोस्रो स्तरका सहायक नदीमा पनि र्याफ्टिङ प्रतियोगिता सजिलै सञ्चालन गर्न सकिनेछ। नेपालका नदीमा सन् १९६० देखि सुरु भए पनि सन् १९९० को दशकमा नेपाल भित्रनेमध्ये २० प्रतिशतसम्म पर्यटक जलयात्रामा निस्कने गरेको तथ्यांक छ।
नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीले गत फागुन अन्तिम साता त्रिशूलीमा आयोजना गरेको र्याफ्टिङमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र सचिव रेग्मी सहभागी भएसँगै साहसिक जलयात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने विषयले पुनः चर्चामा पाएको हो।
‘त्रिशूलीमा भएको र्याफ्टिङमा सहभागी भएसँगै हामीमा स्वामित्व ग्रहण भएको छ,’ सचिव रेग्मी भन्छन्, ‘आयोजक र खेलाडीमा ठूलो उत्साह देखियो, विभागीय टिममात्र होइन, व्यक्तिगत खेलाडीमा पनि प्रतिस्पर्धा गर्ने क्षमता उच्च छ, पर्यटक र साहसिक खेलकुदलाई सँगै अघि लैजानुपर्छ, यस विधामा नेपालको पदक जित्ने सम्भावना अधिक छ।’
नेपालका र्याफ्टिङ प्रशिक्षक ९गाइड०ले दक्षिण एसियामा मात्र नभई युरोप र अमेरिकामा समेत अनुभवी तथा साहसिकको परिचय बनाएका छन्। नेपालमा हाल र्याफ्टिङसँग सम्बन्धित संस्था ८२ को हाराहारीमा छन् भने गाइडको संख्या करिब ६०० रहेको अनुमान छ। नदीको बहाव उत्तरबाट दक्षिणतर्फ भएका कारण नेपालमा र्याफ्टिङ प्रतियोगिताको सम्भावना व्यापक छ।
साहसिक खेलका रुपमा र्याफ्टिङ र कायकिङलाई अब राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिता समावेश गरिने बताउँदै सचिव रेग्मीले खेलनीति र वार्षिक कार्यक्रममा यस्ता खेलका लागि बजेट विनियोजन गर्ने तथा खेल एवं खेलाडीको क्षमता विकास गर्न प्रदेश र स्थानीय तहलाई आग्रहसमेत गरिने बताए।
प्रतिक्रिया